होलीपर्वमा भिडभाड नगर्न जिल्ला प्रहरी कार्यालयको आग्रह
धनगढी, १४ चैत । फागु पूर्णिमा (होली) पर्वमा भिडभाड नगर्न सर्वसाधरणलाई जिल्ला प्रहरी कार्यालय कैलालीको आग्रह छ ।
भारतमा कोरोना संक्रमण बढ्दै गएको अवस्थामा जिल्लामा संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि होली पर्वमा भिडभाड नगर्न तथा स्वास्थ्य मापदण्ड अपनाउन जिल्ला प्रहरी कार्यालयले सुचना जारी गर्दै आग्रह गरेको हो ।
सीमाबाट सर्वसाधरणहरुको आवतजावत बढी देखिएकोले स्वास्थ्य मन्त्रालयबाट जारी भएको विज्ञप्तीलाई दृष्टिगत गर्दै संक्रमण बढ्न नदिन स्यानिटाइजर, मास्क र सामाजिक दुरी मापदण्ड तथा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पूर्ण पालना गर्नु सूचनामा आग्रह गरिएको छ।
यदी उक्त आदेशको अवज्ञा गरेको पाइएमा संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गरिने समेत जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।













