रेशम चौधरीको रिहाईका लागि वार्ता टोली गठन गर्ने गृहमन्त्री थापाको अश्वासन

काठमाडौ, १२ चैत । टीकापुर घटनामा जेल सजाय भोगिरहेका निलम्बित सांसद रेशम चौधरीको रिहाईका लागि सरकारले वार्ता टोली गठन गर्ने बताएको छ ।

थारु कल्याणकारिणी सभा, थरुहट÷थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिले निलम्बित सांसद चौधरीको रिहाईको माग गर्दै आइतबारदेखि माइतीघर मण्डलामा धर्ना दिदै आईरहेका छन् । सोही धर्नालाई सम्बोधन गर्न माइतीघर मण्डला पुगेका गृहमन्त्री थापाले आज बस्ने मन्त्रिपरिषद् बैठकबाट सरकारले वार्ता टोली गठन गर्ने अश्वासन दिएका छन् ।

उनले थारु अगुवाहरुले उठाएका मागप्रति सरकार सकारात्मक रहेको र सो समस्यालाई सरकारले वार्ता र संवादमार्फत् समाधान गर्ने बताए ।