अभियुक्त दिनेशको डीएनए र भागरथीको भजाइनल स्वाब रिपोर्ट म्याच

धनगढी, १२ चैत । बलात्कारपछि हत्या गरिएकी भागरथी भट्टको भजाइनल स्वाबसँग अभियुक्तको डीएनए रिर्पोट म्याच गरेको छ ।

बिधि बिज्ञान प्रयोगशाला काठमाण्डौंमा परीक्षणका लागि पठाएको भागरथीको भेजाइनल स्वाव र डिएनए रिपोर्ट दिनेश भट्टसंग म्याच भएको हो ।

अभियुक्त दिनेशलाई पुर्पक्षका लागि बाल सुधार गृह डोटीमा राखिएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले अभियुक्तको डीएनए र भागरथीको भजाइनल स्वाबको रिर्पोट प्राप्त भएको पुष्टि गर्दै दुबैको रिर्पोट मिलेको जानकारी दिए ।