कैलालीमा प्रबिधिमैत्री बाल कक्षा सुरु
कैलाली, ११ चैत । कैलालीमा प्रबिधिमैत्री बाल कक्षा सुरु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका-९ मा प्रबिधिमैत्री बाल कक्षाको उद्घघाटन गरिएको छ ।
वडाको शंकर आधारभूत विद्यालयमा वडा नं ९ का वडा अध्यक्ष हरि प्रसाद तिवारीले उद्घघाटन गरेका हुन् । वडाबाट आर्थिक वर्ष २०७७-२०७८ मा विनियोजित बजेटले बालविकास कक्षामा बिधुतिय श्रब्यदृश्य शैक्षिक सामग्री स्मार्ट टिभी जडान गरिएको हो ।
स्मार्ट टिभी जडानले बाल कक्षामा आईसीटीको प्रयोगबाट आधुनिक तरिकाले अध्यापन गराउन सहज हुने विद्यालयका प्रध्यानाध्यापक गणेश विकले बताए । वडाका सम्पूर्ण सामुदायिक विद्यालयका बाल कक्षामा स्मार्ट टिभी जडानले विद्यालयमा बालबालिका टिकाउ बिकाउ र सामाजिक शैक्षिक विभेद अन्तयका लागि सहयोग पुग्ने विश्वास लिएको वडा अध्यक्ष हरि प्रसाद तिवारीको भनाई छ ।
स-साना बालबालिका घरबाट विद्यालय आउदा जादा प्रविधिको प्रयोग र शिक्षणले सामाजिक र पारिवारिक र राष्ट्रको क्षमतावान नागरिक बनाउने पढाइको पहिलो जग बाल कक्षालाई प्रविधि युक्त बनाउन आबश्यक रहेको देखिएकाले वडाबाट २ लाख रुपैया विनियोजन गरेर कार्यान्वयन उनले बताए ।













