धनगढीमा मेयर, उप–मेयर कप सुरु, शारदा र एरिष्टो सेमिफइनल प्रवेश

धनगढी, ९ चैत । धनगढीमा जारी मेयर उप–मेयर छात्र, छात्रा क्रिकेट प्रतियोगिता अन्तरगत छात्रा तर्फ एरिष्टो इङलिस स्कुल र छात्र तर्फ हिल वर्ड स्कुल र शारदा विद्या निकेत सेमिफइनल प्रवेस गरेका छन् ।

सोमबार सम्पन्न छात्रा तर्फको सेमिफाइनल खेलमा शैलेश्वरी बोर्डिङ स्कुललाई ४० रनले पराजित गर्दै एरिष्टो इङलिस स्कुलले फाइलनमा स्थान सुरक्षित बनाएको हो । टस हारेर ब्याटिङ गरेको एरिष्टोले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय १६ रन बनायो । एरिष्टोका लागि ब्याटिङ गरेकी कप्तान कुस्मा खाती र आस्मा सिंहले अविजित रहदै २७÷२७ रन बनाइन् । बलिङ तर्फ शैलेश्वरीकी रितु अवस्थी, सिन्धु थापा तथा कप्तान राधिका कुमारी धामीले समान १÷१ विकेट लगिन् ।

१ सय १७ रनको लक्ष्य पक्ष्याएको शैलेश्वरीले २० ओभरमा ६ विकेट गुमाउँदै ७६ रन मात्रै बनाउन सक्यो । उसका लागि कप्तान राधिका कुमारी धामीले १४, रितु अवस्थीले १३, तथा गौरि विक र सरस्वती धामीले अविजित ११÷११ रन बनाइन् । बलिङ तर्फ एरिष्टोकी हिशिला खड्का र करिस्मा खड्काले समान २÷२ विकेट लगिन् । सो खेलकी ओम्यान अफद म्याच एरिष्टोकी करिस्मा खड्का भइन् ।

प्रतियोगिता अन्तरगत मंगलबार छात्रा तर्फ अपि विद्या निकेतन र वेष्टर्न क्रिष्टल एकेडेमी विच दोश्रो सेमिफाइनल खेल हुनेछ । मंगलबार विजेता हुने छात्रा तर्फको टोलीले एरिष्टो स्कुल संग ट्रफिका लागि प्रतिष्पर्धा गर्ने छ । सोमबार नै छात्र तर्फ दुई वटा क्वाटर फाइलन चरणका खेल समपन्न भएका छन् । पहिलो क्वाटर फाइलन खेलमा शारदा माविलाई ३ विकेटले पराजित गर्दै हिल वर्ड स्कुल सेमिफाइलन प्रवेस गरेको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको शारदा मावि निर्धारित १५ ओभर मध्य १३ ओभर २ बलमा सवै विकेट गुमाउँदै ८९ रनमा समेटिएको थियो । शारदाका कुम्भ देउवाले ३५ बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

शारदालाई सस्तैमा समेट्ने क्रममा हिल वर्डका सञ्जय कठायत र विराज गज्मेरले समान २÷२ विकेट लगे । शारदाले दिएको ९० रनको लक्ष्य पक्ष्याएको हिल वर्डले १२ ओभर ३ बलमा ९३ रन बनाउँदै जित निकालेको हो । हिलवर्डलाई जित दिलाउने क्रममा कप्तान रमेश विष्टले अविजित रहँदै ३६ रन बनाए । बलिङ तर्फ शारदाका कुम्भ देउवा र रविन्द्र रोक्काले समान २÷२ विकेट लगे।

मंगलबार नै सम्पन्न छात्र तर्फको दोश्रो क्वाटर फाइलन खेलमा ब्रोड भिजन स्कुललाई ४५ रनले पराजित गर्दै शारदा विद्या निकेतन सेमिफाइलन प्रवेस गरेको छ । टस जितेर व्याटिङ गरेको शारदाले निर्धारित १५ ओभरमा ६ विकेट गुमाउँदै १ सय ३५ रन बनाएको थियो । उसका लागि दिनेश वडले अर्धशतकिय पारी खेल्दै ५७ तथा अविशेव मल्लले अविजित ४३ रन बनाए । बलिङ तर्फ ब्रोड भिजनका दिवस सिंहले २ विकेट लगे ।

१ सय ३६ रनको लक्ष्य पक्ष्याएको ब्रोड भिजनले निर्धारित १५ ओभर खेल्दै ९ विकेट गुमाएर ९० रन मात्रै बनाउन सक्यो । उसका लागि सन्तोष ताम्राकारले १९ तथा प्रतिक सिंहले ११ रन बनाए । ब्रोड भिजनलाई सस्तैमा रोक्ने क्रममा शारदाका गोविन्द विष्ट र रोशन कार्कीले समान २÷२ तथा अरुण धामी, अविशेक मल्ल, विरेन्द्र ठगुन्नाले १÷१ विकेट लगे । सो खेलका म्यान अफद म्याच शारदाका अभिशेक मल्ल भए ।

प्रतियोगिता अन्तरगत मंगलबार ज्योति इङलिस स्कुल र मोर्डन इङलिस स्कुल तथा विद्या भुषण स्कुल र थ्रि स्टार बोर्डिङ स्कुल विच क्वाटर फाइलन खेल हुनेछ । विजेता दुई टोली सेमिफाइलन प्रवेस गर्ने छन् ।