यूनियन लाइफ इन्स्योरेन्स द्वारा मृत्यु दाबी भुक्तानी
कैलाली, ९ चैत । यूनियन लाइफ इन्स्योेरेन्स कम्पनी लिमिटेडले घोडाघोडी नगरपालिका वडा नं. ९, कैलाली निवासी मनोज बुढाको मिति २०७७/११/१७ गतेका दिन मोटरसाइल दुर्घटनामा परि निधन भएको र निजले यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सुखड शाखाबाट रु. ५ लाखको बार्षिक अग्रिम भुक्तानी बिमा योजना मिति २०७५/०४/३१ गते बिमा गरे ।
उक्त बिमा बाफतको रकम कम्पनीले निजकै घर आगनमै गई बिशेष कार्यक्रमको आयोजना गरि मृत्यु दाबी बाफतको रकम रु. १० लाख ७५ हजार इच्छाइएको ब्यक्ति निजको बुवा गगन बहादुर बुढालाई यस कम्पनीका प्रदेश प्रमुख चन्द्र बहादुर बोहरा तथा सोही गाउका बिद्यालयका प्र.अ. अम्मर रावत, प्रदेश उप प्रमुख दोबन रावल र शाखा प्रमुख राम प्रसाद चौधरीको समउपस्थितीमा चेक हस्तान्तरण गरे ।
उक्त कार्यक्रममा बोल्दै सरस्वती मा. बि. का प्रधानाध्यापक अमर रावतले बिमा मानिसको लागी अनिवार्य भएको धारणा ब्यक्त गर्र्नु भयो र यसरी पहिलो पटक यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले गाउमै आएर मृत्यु दावी भुक्तानीको चेक हस्तान्तरण गरेकोमा खुशी ब्यक्त गर्नु भयो र छिटो छरितो सेवा दिएकोमा कम्पनी तथा कर्मचारीहरुलाई हृदय देखि नै धन्यवाद दिए । यसै गरि कम्पनीका प्रदेश नं. ७ का प्रदेश प्रमुख चन्द्र बहादुर बोहराले पनि बिमाको महत्व बारे प्रकास पार्नु भएको थियो र उक्त कार्यक्रमको प्रस्तुतीकरण प्रदेश नं. ७ का उप प्रदेश प्रमुख दोबन बहादुर रावलले गरे ।













