सवारी ज्यान मुद्दामा फरार स्वार १८ बर्ष पछि पक्राउ

कैलाली, ८ चैत । साविक जोशीपुर गा.बि.स. वडा नं. ९ हाल जोशीपुर गाउँपालिक वडा न ६ लोखरीका४ को उमेश भन्ने उपेन्द्र स्वारलाई सवारी ज्यान मुद्दामा १८ बर्ष पछि पक्राउ गरेका छन् ।

स्वाँरले धनिराम डगौरालाई २०५९फागुन ३० गते अन्दाजी १६:३० बजेको समयमा लोखरीकै बर्ष ३४ को उमेश भन्ने उपेन्द्र स्वारले चलाएको से १ त ११४१ नं. को ट्याक्ट्ररले च्यापिई गई मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

संलग्न निज टयाक्टर चालक उमेश भन्ने उपेन्द्र स्वार मिति २०५९फागुन ३० गतेबाट नै भागी फरार रहेकोमा निजको खोज तलास गर्ने क्रममा ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले निज उमेश भन्ने उपेन्द्र स्वारलाई २०७७ चैत ७ गते दिउँसोको समयमा जोशीपुरको लोखरी गाउँमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । निजको थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।