कसैलाई विभेद नगर्ने धनगढी नगरपालिकाका उप-प्रमुख भट्टको प्रतिवद्धता
धनगढी,८ चैत । धनगढीमा ५६ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसरमा धनगढी उप-महानगरपालिकाका उप-प्रमुख सुशिला मिश्र भट्टले कसैले कसैलाई विभेद नगर्ने प्रतिवद्धा जनाएका छन् । उनले प्रतिबद्धता जनाउदै व्यानरमा हस्ताक्षर समेत गरे ।
जातिवाद विरुद्ध युवा, जातीय हिंसा र छुवाछूत विरुद्ध हामी भन्ने नाराका साथ विभिन्न १६ वटा सङ्घ संस्थाहरूले आइतबार बिहान प्रभात फेरीको आयोजना गर्दै दिवस मनाएका थिए ।

दिवसका अवसरमा धनगढी चौराहदेखि पार्कमोडसम्म र्यालीसहित प्रभातफेरी गरिएको थियो। र्यालीमा इन्सेक, मानव अधिकार संरक्षण मञ्च, दलित महिला अधिकार मञ्च, दलित साहित्य सोपान, राष्ट्रिय दलित नेटवर्क, फाया नेपाल र नेपाल राष्ट्रिय दलित समाज कल्याण संघलगायतका संघसंस्थाको सहभागिता रहेका थियो। प्रत्येक वर्षको २१ मार्चका दिनलाई विश्वमा ‘अन्तरास्ट्रिय जातीय विभेद उन्मुलन दिवसका’ रूपमा मनाउने गरिन्छ ।













