बाजुराका धर्मेन्द्र ‘द भ्वाइस अफ नेपाल’मा छनौट

बाजुरा, ७ चैत । बाजुराकाको बुढीनन्दा नगरपालिका–२ कोल्टीका २४ वर्षीय धर्मेन्द्र सुनार ‘द भ्वाइस अफ नेपाल’ मा छनौट भएका छन्। उनी हिमालयन टेलिभिजनबाट प्रशारण हुने भ्वाइस द भ्वाइस अफ नेपालको सिजन ३ का लागि छनौट भएका हुन।

बाजुराको दुर्गम ठाउँबाट उनले डिजिटल अडिसननका लागि घण्टौ हिँडेर मोबाइलन नेटवर्क आउने स्थानबाट अडियो पठाएका थिए ।
डिजिटल अडिसन पछि जजले उनको स्वर तथा कलालाई मन पराएपछि द भ्वाइस अफ नेपालको टिम कोल्टीमै पुगेर उनलाई लगेको थियो।

शुक्रवार साँझ मात्र ब्लाइन्ड अडिशनमा उनले आफ्नो प्रस्तुति देखाएका थिए। उनको प्रस्तुतिलाई मन पराएर सामाजिक सञ्जालमा उनी निकै चर्चित बनेका छन्।

धर्मेन्द्र विगत १२ वर्षदेखि सांगितिक क्षेत्रमा रहेका छन्। आर्थिक अवस्था कमजोर भएकै कारणले धर्मेन्द्रले सांगीतिक क्षेत्रमा समस्या भोग्दै आएको बताए।