नाष्ट कलेजको प्रबन्ध निर्देशकमा मुडभरी

धनगढी, ७ चैत । नाष्ट कलेज धनगढीको प्रबन्ध निर्देशकमा प्राध्यापक शिवहरी मुडभरी नियुक्त भएका छन्। सञ्चालक समितिले कलेजका क्याम्पस प्रमुख समेत रहेका मुडभरीलाई हालै प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो।

संस्थाको नयाँ संरचना अनुसार मुडभरीलाई प्रबन्ध निर्देशकको जिम्मेवारी दिइएको नाष्ट कलेजले जनाएको छ।