थारू पत्रकारहरुको नेतृत्व बिकास सम्बन्धी तालिम

धनगढी, ५ चैत । बॉसगढ़ी नगरपालिका-४, बर्दियाको लक्ष्मणपुरस्थित लक्ष्मणपुर सामुदायिक होमस्टेमा रेडियो पत्रकारिता (एड्भांस) तालिम आज देखि सुरू भएको छ ।

रेडियो गुर्बाबा एफ.एम. को आयोजनामा ६ दिने रेडियो पत्रकारिता तालिम सुरू भएको हो ।

तालिममा बाँके, बर्दिया, कैलाली, दाङ्ग गरि ४ जिल्लाको रेडियोकर्मी तथा पत्रकारहरुको उपस्थिति छ । तालिममा सहजकर्ताको रुपमा स्वतन्त्र पत्रकार सोहम सुबेदीले प्रशिक्षण दिईरहेका छन् ।

गुर्बाबा एफ. एम. का स्टेशन मेनेजर पुष्पा चौधरीले थारू पत्रकारहरुको नेतृत्व बिकास तथा कुशल पत्रकार बनाउन तालिमको आयोजना गरेको बताइन् ।