धनगढीको एक होटलमा महिला मृत अवस्थामा फेला
कैलाली, ५ चैत्र । धनगढी स्थित सोराइ होटलमा एक महिला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
भारतबाट जग्ग किन्न भनेर आएका महिला श्रीमानसँगै होटटलमा सुतेकी थिईन् । विहान उक्त महिला मृत अवस्थामा फेला परिन् ।
कञ्चनपुरको बेल्डाँडी गाउँपालिका घर भएर हाल भारतको पन्जाबमा बस्दै आएकी कमला रोकाया श्रीमान सुर्जल रोकायासंग धनगढीको सोराइ होटलमा बसेकी थिईन् । उनको श्रीमान जग्गा खरिद गर्न भन्दै धनगढी आएका थिए। केही दिन अघि मात्र उनी पनि जग्गा पास गर्ने भन्दै पन्जाबबाट आएकी थिइन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले रोकाया होटलमा मृत फेला परेको बताउँदै घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए।













