पेट्रोलको मूल्य बढेर प्रतिलिटर ११८ पुग्यो
काठमाडौं, ३ चैत । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मंगलबार साँझ आयल निगमले पेट्रोलको मूल्य बढाएर प्रतिलिटर ११८ पुर्याएको छ । त्यसै गरि डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएर १०१ बनाएको छ ।
निगमले हवाई इन्धनको खुद्रा मूल्यसमेत प्रतिलिटर दुई रुपैयाँले बढाएको छ ।
एलपी ग्यास र अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धन भने यथावत कायम गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । मंगलबार साँझ वृद्धि भएको इन्धनको मूल्य राति १२ बजेदेखि लागू हुने प्रवक्ता उपाध्यायले बताए ।














