मानब बेचबिखन तथा ओसार पसारमा संलग्न रिसोर्ट मेनेजर पक्राउ
धनगढी, ३ चैत । कैलालीमा मानब बेचबिखन तथा ओसार पसारमा संलग्न रिसोर्ट मेनेजरलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ जालीमा रहेको जंगल प्लाजा रिर्सोर्टका मेनेजर २२ बर्षिय राम प्रसाद चौधरीलाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले बताए ।
उनका अनुसार रिर्सोटमा अनैतिक क्रियाकलाप हुने गरेको भन्ने गोप्य सुचनाको आधारमा उनलाई प्रकाउ गरि ५ जना महिलाई समेत उद्धार गरेको जनाएको छ । चौधरीले ग्राहकहरुसंग आर्थिक लाभ लिई पिडितहरुलाई बिभिन्न प्रलोभनमा शारिरीक सम्पर्क गराउने गरेको समेत खुल्न आएको प्रहरीले जनाएको छ ।
चौधरीलाई आवश्यक कारबाहीका कैलाली अदालतबाट म्यादथप अनुमती लिई थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक बिष्टले बताए ।













