सशस्त्र प्रहरीद्वारा पौने चार लाखको सामान बरामद

धनगढी, २ चैत । भारतबाट अवैध रुपमा भित्र्याइएको सामान सशस्त्र प्रहरीले बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलाली मातहतका बीओपीबाट खटेको प्रहरी टोलीले विभिन्न इलाकाबाट तीन लाख ८५ हजार ३७५ रुपैयाँ बराबरको सामान बरामद गरेको बताइएको छ । बरामद सामानमा लत्ताकपडा, इलेक्ट्रोनिक सामान लगायत रहेको छ । बरामद सामानलाई आवश्यक कारबाहीका लागि सत्ती भन्सार कार्यालयमा बुझाइएको छ ।

यसैगरी, भारतबाट ल्याउँदै गरेको ९० हजार रुपैयाँ मूल्य बराबरको माछाका भुरा पनि सशस्त्र प्रहरीले बरामद गरेको छ । बरामद भुरा सरोकारवाला निकायको रोहबरमा नष्ट गरेको जनाइएको छ ।