रेशम रिहाई लगायतका तीनबुँदे शर्तप्रति प्रधानमन्त्री सकारात्मक

काठमाण्डौं, २८ फागुन । जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा सहभागी हुन राखेको तीनबुँदे शर्तमा प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएका छन् ।

प्रधानमन्त्री ओलीले बिहीबार एमाले शीर्ष नेताहरुलाई राखेर जसपाका नेताहरुसँग छलफल गरेका थिए । पदाधिकारीको बैठक सकेर जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो, अशोक राईलगायतका नेता एमालेसँगको छलफलका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।

भेटमा सहभागी जसपाका नेता लक्षणलाल कर्णले भने, ‘हामीले कैदीबन्दी साथीहरुको रिहाइ, मुद्दा फिर्ता र संविधान संशोधन हाम्रो बटमलाइन हो भनेका छौं । प्रधानमन्त्रीजीले म सकारात्मक छु भन्नु भएको छ ।’