दुलही पठाउन हिँडेको बस बाँकेमा दुर्घटना

काठमाडौं, २९ फागुन। बाँकेको राप्ती सोनारी गाउँपालिका-३ बैसामा बस दुर्घटना भएको छ।

ना ३ ख ९७५९ नम्बरको बस शुक्रबार राति दुर्घटना हुँदा ३७ जना घाइते भएको र एकजना गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

प्रहरीका अनुसार दुर्घटनाग्रस्त बस राप्ती सोनारीबाटै दाङको देउखुसीमा दुलही पुर्‍याउन हिँडेको थियो । दुर्घटनामा घाइते हुने सबै राप्ती सोनारीकै रहेको र उनीहरुको कोहोलपुर मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ