अन्तराष्ट्रिय श्रमिक महिला दिवस : हसुलियामा विविध कार्यक्रम
हसुलिया, २४ फागुन । कैलारी गाउँपालिकाको हसुलियामा १११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा विविध कार्यक्रम गरिएको छ ।
‘महिलाको सुरक्षा, सम्मान र रोजगार : समृद्ध नेपालको आधार’ भन्ने मूल नाराका मनाइएको दिवसमा सोमबार बाल विवाह न्यूनीकरण सम्बन्धी नाटक, म्युजिकल चियर, खुल्ला दौड, वक्तृत्वकला प्रतियोगिता भएको थियो ।
मावि स्तररीय वक्तृत्व कला प्रतियोगितमा राष्ट्रिय मावि बिचैपुरका मनोज चौधरी प्रथम र राष्ट्रिय मावि भुँइयाँफाँटाका विक्रम साउँद द्धितीय र खिमा बम तेस्रो भएकी थिइन् । उनीहरुलाई गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी प्रमाण पत्र सहित सम्मान गरेका थिए ।

त्यस्तै नाटक, म्युजिकल चियर र दौड प्रतियोगितामा प्रथम भएका सहभागीलाई पनि प्रमाण पत्र सहित सम्मान गरिएको थियो । साथै सोही अवसरमा गाउँपालिका अन्र्तगतका सहकारी मध्ये उत्कृष्ट सहकारी समीक्षा महिला बहुउद्देयीय सहकारी संस्था, पार्दशी महिला विकास बहुउद्देश्यीय संस्था, दीप आपंगता विकास समाज नेपाल र २०७६ को एसइइमा बढी जीपीए ल्याउने विद्यार्थीलाई पनि सम्मान गरिएको छ ।
एसइइमा बढी ल्याउने विद्यार्थीहरुमा दिनेश खडका (३.९५), शंकर भुल (३.६०), नोशन चौधरी र निर्माया चौधरी समान (३.४५) जिपीए ल्याएका थिए । उनीहरुलाई पनि प्रमाणपत्र सहित सम्मानित गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा ओरेका विष्णु रेग्मी, महिला उद्यमी संजालका अध्यक्ष चम्पा बोहरा लगायत मनतब्य राखेका थिए । कार्यक्रममा महिला तथा बालबालिबा शाखा प्रमुख बालकुमारी चौधरीले स्वागत गरेका थिइन् भने सामाजिक विकास अधिकृत यगम कलेल कार्यक्रम सञ्चालन गरेका थिए ।
महिला तथा बालबालिका शाखा कार्यालयको आयोजनामा भएको कार्यक्रमलाई आर्थिक र प्राविधिक सहयोग गाउँपालिका अन्र्तगत रहेका विभिन्न संघ संस्थाले गरेका थिए । सहयोग गर्ने संघ संस्थाहरुमा कालिका वहुउद्देश्यी सहकारी संस्था, पारदर्शी महिला विकास वहुउद्देश्यीय सहकारी संस्था, सामाजिक सेवा केन्द्र, दलित महिला अधिकार मञ्च, नेपाल रेडक्रस सोसाइटी नेपाल, हिम शिखर बहुउद्देश्यीय सहकारी संस्था, फाया नेपाल, प्रगतीशिल मुक्त कमलहरी वहुउद्देश्यीय सहकारी संस्था, ओरेक नेपाल लगायत लगायत रहेका थिए ।
बालबालिकालाई झोला र कपी सहयोग

कैलालीको कैलारी गाउँपालिका–७ बसन्तामा रहेको समीक्षा बहुद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष उर्मिला चौधरीले गरिब, असहाय र अपाङ्ता भएका बालबालिकालाई झोला र कपी सहयोग गरेका छन् ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर उनले १० जना बालबालिकालाई सहयोग गरेकी हुन । अध्यक्ष चौधरीले सहकारीको बैठक भत्ताबाट प्राप्त रकमले गरिब, असहाय र अपाङ्ता भएका बालबालिकालाई सहयोग गरेका हुन् ।













