महिलाको न्यायमा पहुँच विषय प्रदेश स्तरीय अन्तरक्रिया

धनगढी, २३ फागुन । १११ औं अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भमा “महिलाको सुरक्षा सम्मान र रोजगार समृद्ध नेपालको आधार” दलित महिला अधिकार मञ्च नेपालले महिलाको न्यायमा पहुँच विषय प्रदेश स्तरीय अन्तरक्रिया सम्पन्न गरेको छ ।

अन्तरक्रिया कार्यक्रममा न्यायलय एबदमै महंगो भएकोले आर्थिक अवस्था समान्य भएका हिंसा प्रभावितहरु सहजरुपले न्याय नपाएको सहभागी वक्ताहरुको भनाई छ ।

अदालतमा भाषाको समस्यालेपनि केहि प्रभावितहरुको मुद्धा ओझेल परेको साथै उनीहरु सूचनाबाट पनि बञ्चित भईरहेको सहभागीहरुले तर्क दिए ।

कार्यक्रममा मुद्धा होस्टाईल हुनु, साक्षीको गोपनीयता भंग हुनु, पीडितलाई कानूनी न्यायसंगै सामाजिक पुर्नस्थापनामा समस्या हुनु जस्ता विषयबारे व्यापक छलफल भएको थियो ।

दलित महिला अधिकार मञ्च नेपालका अध्यक्ष सावित्रा घिमिरेको सभाअध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि सामाजिक विकास मन्त्री कृष्णा प्रसाद .सुबेदी, प्रदेश सांसद कुन्ती जोशी, प्रदेश सांसद दुर्गा विक, डा. हेमराज पन्त, मुख्य न्यायधि वक्ता कुलानन्द उपाध्यय लगायत गैरसरकारी संघसंस्थाहरुको सहभागीता रहेको थियो ।