मल्टि कन्सर्न फर्निचर उद्योगमा आगलागी, करोडौंको लगानी खरानीमा परिणत

धनगढी, २२ फागुन । कैलालीको धनगढीस्थित चटकपुरमा रहेको आलोक मल्टि कन्सर्न फर्निचर उद्योगमा आगलागी हुँदा करोडौंको लगानी रानीमा परिणत भएको छ ।

मध्याह्न १२ बजेतिर लागेका आगलागी करिब दुई घण्टापछि नियन्त्रणमा आएको थियो । धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिकाको दमकल, नेपाली सेना, प्रहरी र स्थानीयको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागी भएको फर्निचर उद्योग करिब तीन करोड रुपैयाँ लगानीमा सञ्चालन भएको थियो तर औपचारिक रुपमा उद्घाटन भने भइसकेको थिएन । उद्घाटन नहुँदै करोड लगानी खरानीमा परिणत भएपछि युवा व्यवसायी भोजराज भट्ट विच्छित्ति भएका छन् । आगलागी बाट करोडौँको नोक्सान भएको छ ।उद्योगमा भएको आगलागीको कारण भने अहिलेसम्म खुलिसकेको छैन ।