वार्ता भएको दोस्रो दिन नेकपा (विप्लव) नेतृत्वका नेताहरु रिहा

धनगढी, २१ फागुन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीेका केन्द्रिय सदस्य तथा पूर्व सेती महाकाली ईन्चार्ज ओमप्रकाश पुन र सेती महाकाली ब्यूरो सदस्य विवेक कुमाल रिहा भएका छन् ।

रिहा भएका नेता पुनलाई हातहतियार सम्बन्धी मुद्दा चलाएर गत साउन २६ गतेदेखि जिल्ला कारागार कैलालीमा राखिएको थियो। त्यसै गरि सेतीमहाकाली ब्यूरो सदस्य विवेक संगठित अपराध मुद्दामा ललितपुरबाट फागुुन १४ गते कैलाली ल्याइएको थियो। उनीहरु दुबै जना जनही ५०/५० हजार धरौटी बुझाएर रिहा भएका हुन्।

यस्तै पार्टीका नेता धर्मेन्द्र बास्तोलालाई पनि काभ्रे प्रहरीले रिहा गरेको छ । सरकारले पार्टीमाथि लागेको प्रतिबन्ध फुकुवा गर्ने सहमति भएसँगै शुक्रबार बास्तोला काभ्रेबाट रिहा भएका हुन्।

बास्तोलालाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपनि गेटबाटै पुनः पक्राउ गरी काभ्रे लगिएको थियो।

विप्लव र सरकार विच बिहीबार तीनबुँदे सहमति भएपछि बसेको मन्त्रिपरिषद् बैठकले दुई वर्षयता लगाइँदै आएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको थियो।