नगरप्रमुख वड जन्मदिनको अवसरमा तेजु खड्का स्मृती कोषमा सहयोग
धनगढी, २१ फागुन । नेपाली काँग्रेसका यूवा नेता एवम् धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले प्रेस युनियन डोटी शाखाले स्थापना गरेको ‘तेजु स्मृति अक्षय कोष’ स्थापनाका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।
नगर प्रमुखवडले आफ्नो जन्मदिनको अवसरमा ११ हजार १ सय ११ रुपैंया सहयोग गर्ने जनाए ।
नेपाल प्रेस युनियन डोटी शाखाका संस्थापक अध्यक्ष स्वर्गिय तेजबहादुर खड्का(तेजु)को स्मृतिमा डोटी शाखाले कोषको स्थापना गरेको थियो । कोषका लागि विभिन्न पत्रकार तथा राजनीतिज्ञहरुले जन्मोत्सवका अबसरमा सहयोग गर्दै आएका छन् । हाल सम्म कोष स्थापनाका लागि डेढ लाख बढी रकम संकलन भएको शाखाका सचिव पवन महराले जानकारी दिए ।













