चार सय अवैध कुखुरा नष्ट
धनगढी, २० फागुन । धनगढी उपमहानगरपालीका वडा नम्बर २ तिलके तालबाट अबैध रुपमा ल्याउदै गरेको ४०० कुखुरा जिल्ला प्रहरी कार्यालय कैलालीले नष्ट गरेको छ ।
पशु क्वारेन्टाईनका प्रतिनिधी, नेपाल ह्याचरी उद्योग संघका प्रतिनिधी, कुखुरा तथा अण्डा उत्पादक किसान संघका प्रतिनिधी लगायत स्थानीयहरुको रोहवरमा ११५० किलो ग्राम कुखुरा नष्ट गरिएको प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।













