विप्लव समूह र सरकारबीच ३ बुँदे सहमति

काठमाण्डौं, २० फागुन । प्रतिबन्धित नेकपा विप्लव समूह र सरकारबिच बिहीबार सरकारसँग तीन बुँदे सहमति भएको छ ।

वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापा बादल र विप्लव समूहका पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन भएको थियो ।

वार्तामा शान्तिपूर्ण तरिकाले गतिविधि सञ्चालन गर्ने, पक्राउ परेका सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्ने सहमति भएको छ ।