‘विप्लव र सरकारबिच बीच एकै दिन दुई चरणको बार्ता,

काठमाडौं, १९ फागुन । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच बुधबार एकै दिन दुई चरणमा औपचारिक वार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान र साँझ गरेर दुई चरणमा वार्ता भएको हो । सरकारी वार्ता टोलीका सदस्य डा.राजन भट्टराईले कुराकानी सकारात्मक भएको बताए ।