गोदावरीमा एक युवक मृत फेला, हत्याको आशंका
धनगढी, १५ फागुन । कैलाली गोदावरी नगरपालिका ५ गेटीका ३६ वर्षीय शिवचरण राना मृत अवस्थामा फेला परेका छन्।
वडा नम्बर ५ की वडा सदस्य कृष्णाकुमारी चौधरीकाअनुसार गेटा आँखा अस्पताल नजिकै पसल सञ्चालन गर्दै आएका रानाको शव फेला परेको हो ।
उनको हत्या गरिएको आशंका स्थानीयले गरेका छन्। जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको छ।













