‘थरुहट सम्मेलनमा सरकारले खानतलास गरे प्रतिकारमा उत्रिन्छौं’
हसुलिया, १३ फागुन । ‘शान्ति सद्भाव न्याय र अधिकारका लागि दासता विरुद्धको थरुहट थारुवान विशेष राष्ट्रिय सम्मेलन’ को तयारी पुरा भएको छ ।
मोर्चाले बिहीबार हसुलियामा पत्रकार सम्मेलन गरि थरुहट थारुवान विशेष राष्ट्रिय सम्मेलनको तयारी ९० प्रतिशत पुरा भईसकेको जानकारी दिएको छ ।
पत्रकार सम्मेलनका प्रमुख अतिथि थरुहट मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले विशेष राष्ट्रिय सम्मेलनको उदेश्य सम्मेलन आन्दोलनको नयाँ चरण रहेको बताए ।
नेता थारुले सम्मेलनमा सम्पूर्ण राजनीतिक दलबाट नेता तथा प्रतिनिधि, मानब अधिकारकर्मी, सांसद बुद्धिजीविहरु लगायतको सहभागिता हुने गराई हरेक पार्टी भित्र थारुप्रतिको बुझाईबारे बृहट छलफल गरि निश्कर्षको विन्दुमा पुग्ने बताए ।
१६ गतको बन्द शत्रमा दलित, खसान, तमुवांग मगरात लगायतको सम्पुर्ण पहिचानबादीहरु बिच छलफल हुने साथै छलफलमा पार्टीगत भन्दा माथि उठेर पहिचानको सवालमा केन्द्रीत हुने नेता थारुले बताए ।

यस्तै मोर्चाका केन्द्रीय प्रवक्ता मिनराज थारुले टीकापुर सम्मेलनपछि सम्पुर्ण थहरुहट शक्तिलाई एकबद्ध गर्न सम्मेलनको आयोजना गरेको बताए । उनले सम्मेलनमा मेचिदेखि महाकालीसम्मका नेता तथा प्रतिनिधिहरुको सहभागीताको लागि अवास खाना यातायातको व्यवस्थापन भईरहेको जानकारी दिए ।
उनले कानुनी लडाइको क्रममा सर्वोच्च अदालत जाने र सडक संघर्ष गर्ने साथै अबको आन्दोलन प्रतिरोधात्मक र प्रतिकात्मक हुने बताए ।
थरुहट यूवा मोर्चाका केन्द्रीय अध्यक्ष सीताराम थारुले सम्मेलनमा सहभागीहरुमाथि सरकारले खानतलास गरे प्रतिकारमा उत्रिने बताए ।
टीकापुर सम्मेलनमा सुरक्षा निकायले धेरै खानतलासी गरेर कार्यक्रममा आउने सहभागीहरु मनोबैनिकरुपले त्रसित भएको बताउदै सरकारको निर्देशनमा परिचालित सुरक्षाकर्मीहरुलाई सहयोग गदिदिन अनुरोध समेत गरे ।













