सर्वोच्चको फैसलापछि सुदूरपश्चिममा सुरक्षा निकाय ‘हाई अलर्ट’
धनगढी, १२ फागुन । सर्वोच्च अदालतले गरेको प्रतिनिधिसभा पुनःस्थापनाको फैसलापछि सुदूरपश्चिममा सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखिएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको मातहतमा रहेको कार्यालय र प्रहरी युनिटलाई पुर्नस्थापनापछि हुनसक्ने सम्भावित गतिविधिलाई ध्यानमा राखेर ‘हाई अलर्ट’मा बस्न निर्देशन दिएको छ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले सम्भावित परस्थितीको विश्लेषण गर्दै सोहीअनुसार प्रदेशभर उच्च सुरक्षा सर्तकता अपनाइएको बताए।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन मंगलबार बदर हुने फैसला सुनाएको हो।













