बुहारी र नातीको कुटपीटबाट बृद्धको हत्या
धनगढी, ११ फागुन । कञ्चनपुरमा घरायसी विवादले बुहारी र नातीको कुटपिबाट बृद्धको हत्या भएको छ ।
भीमदत्त नगरपालिका–२ पशुपती टोल बस्ने ३५ वर्षीया सिता थापा र उनका छोरा १८ वर्षीय अर्जुनले कुटपिट गरेर ७६ वर्षीय प्रेम थापाको हत्या गरेका हुन्।
उनीहरु दुवै जना मृतकका बुहारी र नाती रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर थापाका अनुसार माघ २८ गते घरायसी विवादका क्रममा थापामाथि चिर्पटले कुटपिट गरेपछि गम्भीर घाइते भएका थिए। घाइते थापाको उपचारका क्रममा सोमबार महाकाली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
थापाको मृत्युपछि बुहारी र नाती प्रहरीको नियन्त्रणमा छन् ।













