आयोडिन नुन सम्बन्धि सचेतना
अछाम, ८ फागुन । चैरपाटी गाउँपालीकाको आयोजना र साल्ट ट्रेडिङ्गको प्राबिधिक सहयोगमा अछामको चौरपाटीमा आयोडि नुन सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्नु हुदै राष्ट्रिय सभा सदस्य शेरबहादुर कुवँरले आयोडिनको कमिले गर्दा बिभिन्न समसयाहरु देखीएकाले आयोडिन युक्त नुनको प्रयोग गर्नु पर्नेमा स्थानिय बासीलाई जोडदिए । उनले नेपाल जस्त समुद्र बाट टाढा रहेको देशहरमा आयोडिनको किमिले मानिसहरुमा बिभिन्न रोगहरु देखिन थालेकाले शरिरका लागी नभई नहुने पोशक तत्व आयोडि नुन प्रयोग गर्नु पर्ने बताए ।
कार्यक्रममा राट्रिय योजना आयोगका पुर्व सदस्य बिजय कुवर,नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य रामबहादुर थापा,नेपाली कांग्रेसका गाउँ कार्यसमिती सभापती गणेश शाह,नेपाल पत्रकार महासंघ कैलालीका पुर्व अध्यक्ष भरत शाह,नेपाल पत्रकार महासंघ अछामका अधयक्ष खम्म खत्री,शिक्षक महासंघ अछामका सभापती दिनेश कुवँर लगायतले आयोडिन नुनको बारेमा बोलेका थिए ।

कार्यक्रममा साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड धनगढीका नायब महाप्रबनधक केशव प्रसाद पाण्डेले आयोडिन नुनको प्रयोग,महत्तव बारेमा बताएका थिए । साथै उहाले आयोडिन नुन प्रयोग गर्दा हुने फाइदार बेफाइदाका बारेमा समेत बताएका थिए ।
चौरपाटी गाँउपालीकाले एक वर्ष अघि नै ढकिे नुनमा प्रतिबन्ध लगाएर आयोडिन युक्त प्याकेटको नुन मात्र प्रयोमा ल्याएको थियो ।
गाउँपालीका अध्यक्ष हर्क साउँदको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष माया कुवँरले स्वागत मन्तब्य बयक्त गरेकी थिइन भने कार्यकारी अधिकृत धनबहादुर थापाले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा गाउँपालीका राजनितीक दलहरुका प्रतिनिधी,बिद्यालय ब्यवस्थापन समतीका अध्यक्ष तथा प्रधानाध्यापक, महलिा स्वयेम सेबिका,बिद्यार्थी, पत्रकार स्थानियको सहभागीता रहेको थियो ।
गाउँपालीकाले जनता संग प्रत्यक्ष जोडिएका हरेक बिषयमा अग्रसर भएर कार्य गर्दै आइरेहेको छ ।













