थरुहट थारुवान विशेष राष्ट्रिय सम्मेलनको तयारी तीब्र, वडा स्तरिय मोर्चा गठन
धनगढी, ५ फागुन । ‘शान्ति सद्भाव न्याय र अधिकारका लागि दासता विरुद्धको थरुहट थारुवान विशेष राष्ट्रिय सम्मेलन’ को तयारी तीब्र भईरहेको मोर्चाले जनाएको छ ।
थरुहट थारुवान राष्ट्रिय मोर्चाका जिल्ला संयोजक माधब थारुले यहि फागुन १५ र १६ गते कैलालीको हसुलियामा हुन लागेका विशेष सम्मेलनको तयारी तीब्र हरेको जानकारी दिए । उनका अनुसार फागुन ५ गते थरुहट थारुवान राष्ट्रिय मोर्चाको आव्हानमा कैलारी गाउँपालिकाको वडा स्तरिय भेलाबाट मोर्चा गठन भएको छ ।
जसमा वार्ड नं. १ बाट लौटन चौधरी संयोजकत्वमा ११ सदस्यीय र युवा संयोजक मिलन चौधरी संयोजकत्वमा १३ सदस्यीय कमिति गठन भएको हो ।
त्यसै गरि वार्ड नं. ५ बाट भागोदास चौधरीको संयोजकत्वमा ११ सदस्यीय, वार्ड नं. ६ बाट विनोद चौधरीको संयोजकत्वमा २९ सदस्यीय, वार्ड नं. ७ बाट गेदुरान चौधरीको संयोजकत्वमा १५ सदस्यीय र वार्ड नं. ९ बाट खुशीराम चौधरीको संयोजकत्वमा १५ सदस्यीय कमिति गठन भएको जिल्ला संयोजक माधब थारुले बताए ।













