अध्यक्ष कप भलिबल प्रतियोगितामा गाउँपालिका विजयी

हसुलिया, ५ फागुन । कैलालीको कैलारी गाउँपालिका–३ स्थित उत्तर भडरीमा जारी तेस्रो अध्यक्ष कप रनिङ्ग खेलकुद प्रतियोगिता अन्तर्गत बुधबार देखि भलिबल प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिता अन्र्तगत पहिलो खेल गाउँपालिका र वडा नम्बर ५ बिच भएको थियो । जसमा गाउँ पालिका विजयी भएको छ । गाउँपालिकाले पहिलो सेट २५र२२ लिँदै गेम आफ्नो पक्षमा पारेको थियो । भने दोस्रो सेट २५र२१ स्कोरले वडा नम्बर ५ ले आफ्नो पक्षमा गेम लिएको थियो । वेष्ट थ्रीमा खेलाइएको प्रतियोगिता लास्ट गेम भने गाउँपालिकाले २५र२१ स्कोरमा गेम गर्दै जित सुनिश्चित गरेको थियो ।

दोस्रो खेल वडा नम्बर ६ र वडा नम्बर ९ बिच हुने भए पनि वडा नम्बर ६ का खेलाडी अनुपस्थित भए पछि वाक ओभर मार्दै वडा नम्बर ९ विजयी भएको थियो ।

भलिबल प्रतियोगिताका लागि १० टीमको सहभागिता रहेको छ । त्यस्तै फागुन ६ गते वृहत रक्तदान कार्यक्रम र ब्याटमिन्टन प्रतियोगिता पनि सञ्चालन प्रतियोगिताका मिडिया संयोजक मिशन चौधरीले जानकारी दिए । ब्याटमिन्टनका लागि १६ टीमको सहभागिता रहेको छ ।

कैलारी गाउँपालिका कार्यालयको सहयोगमा कैलारी स्मार्ट समन्वय युवा क्लबले प्रतियोगिताको आयोजना गरेको हो ।