१३ वर्षीया बालिका हजुरबुवाबाट बलात्कृत, पेटमा ३ महिनाको बच्चा

धनगढी, २ फागुन । छोरीको महिनावारी रोकिएपछि आमाले चेकजाँचको नजिकैको स्वास्थ्य चौकी देखाउँदा पेटमा तीन महिनाको बच्चा देखियो ।

गोदाबरी नगरपालिका ५ का बालिका मानसिकरुपले अलि सुस्त छिन् । महिनावारी हुन थालेको धेरै समयपनि भएको थिएन्। उमेरले उनी १३ वर्षको मात्रै भएपनि ज्यान ठूलो देखिन्छ ।

उनको मामा घरतिरका हजुरबुवाले आफ्नो घर बोलाएर अश्लिल भिडियो देखाउदै पैसा सदने प्रलोभनमा पारी बलात्कार गरेका थिए । छोरीको महिनावारी २ महिनादेखि रोकिएपछि शंका लागेर आमा स्वाथ्य चौकीमा चेकजाँच पश्चात गर्भ रहेको थहाँ पाएको पीडित परिवारले बताए ।

‘छोरीलाई धनगढी ल्याए, एक अस्पतालमा गर्भ परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो।’ माघ दोस्रो साता गरिएको परीक्षणमा बालिकाको पेटमा बच्चा रहेको पुस्टि भएको थियो। त्यसपछि उनीहरुले छोरीसँग सोधपुछ गरे ।

बालिकाले हजुरबुवाले बलात्कार गरेको कुरा आमासंग सुनाईन् । बालिकाले आफूमाथि दुरव्यवहार गर्ने व्यक्ति ५० वर्षका विशराम भनिने कालुराम चौधरी रहेको बताईन् । कालुले घरमा भनेपछि मारिदिने धम्की दिएको कुरापनि सुनाईन् ।

बालिका करणी गरेका चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलाली पीडित परिवारको उजुरी पश्चात माघ ९ गते पक्राउ गरिसकेको छ। तर पक्राउ भएका उनलाई अदालतमा पेश गरिएको छैन्। त्यसो नगरिनुमा प्रहरीले गडबड गरिरहेको छ की भन्ने असंका पीडित परिवारमा छ।

परिवारका एक सदस्य भन्छन्, ‘छोरीको पेटमा रहेको बच्चा दिन प्रतिदिन ठुलो हुँदैछ। बच्चालाई जन्म दिनसक्ने अवस्थामा छोरी छैनिन्। तर प्रहरी प्रशासनबाट के गर्ने भन्ने कुनै सुझाव आउँदैन्। प्रहरीले त बच्चा फाल्न भनिरहेको छ।’ प्रहरीले घटना मिलाउन खोजेको उनको आरोप छ।

‘हामीलाई प्रहरी कार्यालय भित्र जान पनि दिदैनन्। बलात्कार गर्ने पक्राउ परेको २२ दिन भएको छ तर अदालत पठाइएको छैन्। घटना राजनीतिकरण भइएरहेको छ भन्ने शंका छ ।’ पीडित परिवारले भने।