दाहाल–नेपाल समूहले यसरी मनाउदैछन् २६औं जनयूद्ध दिवस
कैलाली, १ फागुन । तत्कालिन विद्रोही नेकपा (माओवादी) नेतृत्वमा शुरू भएको जनयुद्धको आज २६औं वर्षगाँठमा दाहाल–नेपाल समूहले संसद विघटनको विरोध गर्दै बृहट सभाको आयोजना गरि सहिद तथा बेपत्ता परिवारहरुलाई सम्मानग गर्दै जनयूद्ध दिवस मनाउने भएको छ ।
नेकपाका सुदूरपश्चिम प्रदेशका सचिब नेपबहादुर थारुले कैलालीको घोडाघोडी नगरपालिका नगर कमिटिको आयोजनामा दिवसको अवसर पारेर जिल्ला भरिका सहिद तथा बेपत्ता परिवारलाई सम्मन गर्ने कार्यक्रम रहेको जानकारी दिए ।
वि.सं. २०५२ साल फागुन १ गतेदेखि शुरू भएको सशस्त्र विद्रोह २०६२र६३ सालको जनआन्दोलनसँगै अन्त्य भएको थियो।













