बाघको आक्रमणबाट एक यूवा गम्भिर घाईते

हसुलिया, १ फागुन । कैलालीको कैलारी गाउँपालिका–८ स्थित दुधियाको वनमा बाघको आक्रमणमा परी एक यूवा गम्भीर घाइते भएका छन् ।

शुक्रबार विहान करिब ७ बजेतिर दुधिया गाउँका दुर्गा चौधरीलाई बाघले आक्रमण गरेर गम्भिर घाईते बनाएको हो ।

उनी सडकमा हिडिरहेको बेला बाघले झम्टेर वनभित्र लगेको थियो । स्थानीयका अनुसार यात्रु बोकेर बनकन्द्रीतर्फ जाँदै गरेका अटो चालक र त्यसमा बसेका यात्रुले बाघले मान्छेलाई झम्टेको देखेपछि दुधियावासीलाई बोलाएका थिए ।

गाउँवासी पुग्दा घाइते चौधरीकै छेउमा बाघ बसेको थियो । बाघलाई धपाएर चौधरीको ज्यान जोगाएको जनाएका छन् । दुधियाबाट बनकन्द्रीतर्फ जाने बाटोमा पाँच मिनेट जति जंगल क्षेत्र पर्दछ ।

बाघले चौधरीको पछाडिबाट पिठ्यु र टाउकोमा पञ्जा मारेको छ । बाघको आक्रमणमा परि गम्भीर चौधरीको उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि सेती अस्पतालमा रिफर गरिएको छ । स्थानीयले चौधरीलाई आक्रमण गर्ने पाटेबाघ रहेको बताएका छन् ।

डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलले बाघलाई नियन्त्रण गर्ने वा के गर्ने भन्नेबारे माथिल्लो निकायमा छलफल भइरहेको बतबए ।