‘पेशालाई व्यवसायीक बनाउन सामाचार तथ्यपरक हुनुपर्छ’
कैलाली, ३० माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशको समग्र सञ्चार जगत तथा पत्रकारिता क्षेत्रलाई सहयोग गर्न तयार रहेको बताए ।
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको दोस्रो साधारण सभालाई सम्बोन्धन गर्दै मन्त्री भट्टले यस्तो प्रतिबद्धता जाहेर गरेका हुन् । उनले कोरोना महामारीको समयमा पनि अग्रपंक्तिमा खटिएर काम गरेको भन्दै प्रदेश सरकारले सहयोग गरेको बताए । मुख्यमन्त्री भट्टले सञ्चार क्षेत्रमा निश्पक्षता अनिवार्य रहेको धारणा व्यक्त गरे ।
‘थुप्रै सकसको बाबजुट प्राप्त संविधानसभा, र संविधानसभाबाट बनेको अधिकार कुल्चिने काम भएको छ,’ मुख्यमन्त्री भट्टले भने ‘संविधानको एउटा धारा मिचे सिंगो संविधान नै मिचिन्छ । त्यसैले यस्लाई जोगाइ राख्न संचारमाध्यमको ठूलो भूमिका छ ।’
संविधानमा स्वतन्त्र रुपले बोल्न पाउने हक भएपनि यो देशमा बोलेकै कारण कुनै व्यक्ति पक्राउ पर्नु गम्भीर विषय रहेको मुख्यमन्त्री भट्ट बताए ।
आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाह तथ्यमा आधारित सामाचार लेख्न जोड दिए । राजहाँसलाई दुधपानी मिलाएर दिए दुध खाएर पानी मात्रै छोडिदिन्छ, त्यस्तै संचारकर्मीपनि राजहाँस जस्तो बन्नु सक्नुपर्छ मन्त्री शाहले भने ।
सुदूरपश्चिम प्रदेशसभाको प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेस संसदीय दलका नेता डा. रण बहादुर रावल नेकपाको दुबै समुहबाट असवैधानिक काम भईरहेको बताए ।
नेपाल पत्रकार महासंघको पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार शिव गाउँले सोसल मिडियाको कारण नेपाली पत्रकारिता धारापमा पर्दै गईरहेको बताए । उनले सोसल मिडिया आइपाछि चुनौती बढ्दै गएकोले अबको पत्रकरिता तथ्यपरक हुन एकदम जरुरी रहेको बताए ।













