धनगढी–खुटिया सडकको टेन्डर आह्वान
धनगढी, २९ माघ । धनगढी–खुटिया सडक निर्माणको लागि बुधबार टेन्डर आह्वान भएको छ । यो सडक बनाउनका लागि स्थानीयले धेरै समय अगाडिदेखि माग गर्दै आएका थिए । टेन्डर आह्वान भएपछि स्थानीय खुशी भएका छन् ।
धनगढी–खुटिया–हाटखोली सम्मको १३.४ किलोमिटर र दिपायल बाझमोडसम्म ९.४ किलोमिटरसम्म सडक निर्माणका लागि टेन्डर आह्वान गरिएको छ ।













