नीति तथा कार्यक्रमलाई लैंगिक मैत्री बनाउन तालिम
कैलाली, २८ माघ । घोडाघोडी नगरपालिकाको नीति तथा कार्यक्रमलाई लैंगिक मैत्री बनाउन लैंगिक समानता सामाजिक समावेशिकरण लेखाजोखा सम्बन्घि तालिम सञ्चालन गरिएको छ ।
सुसाशनकोलागि क्षमता विकास परियोजना (GIZ/CDSG) को आर्थिक तथा प्राविधिक सहयोगमा घोडाघोडी नगरपालिकालको आयोजनामा तीन दिने तालिम सञ्चालन गरिएको हो ।
आईतबारदेखि शुरु भएको सो तालिम नगरपालिकाको नीति तथा कार्यक्रमलाई लैंगिक तथा समावेशीको आखाले विश्लेषण गर्नुको साथै हालसम्मा देखिएका कमजोरीलाई सुधारगरि कार्यक्रम तयार पर्ने विघिबारे छलफल भएको परियोजनाका प्रतिनिधि पूर्णकला राईले जानकारी दिए ।
तालिममा नगर प्रमुख ममता चौधरी, उप प्रमुख प्रेमकुमारी थापा, प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र बहादुर सिंह, नगर कार्यपालिका सदस्य सामाजिक विकास समितिका सदस्यगरि ३५ जनाको सहभागिता रहेको थियो । तालिममा नगरपालिकाको राम्रो पक्ष, कमजोर पक्ष र अवसरसंगै चुनौतिबारेविश्लेषण गरिएको थियो ।













