भागरथीको हत्या प्रकरण : अनुसन्धान तीब्र बनाउन राष्ट्रपतिको आग्रह

काठमाडौं, २८ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले बैतडीकी किशोरी भागरथी भट्टको हत्यासम्बन्धी अनुसन्धानलाई तीव्र बनाउन राष्ट्रिय मानव अधिकार आयोगसँग आग्रह गरेका छन्।

राष्ट्रपति भवन शीतल निवासमा बोलाएर आयोगका नवनियुक्त पाँचैजना पदाधिकारीसँग छलफल गर्दै राष्ट्रपति भण्डारीले बैतडीमा केही दिन अघि हत्या गरिएकी भट्टको अनुसन्धानलाई तीव्र बनाउन आवश्यक सहयोग गर्न आयोगलाई आग्रह गरेका हुन।

आयोगका पदाधिकारीहरुले बैतडीमा स्थलगत अनुगमन गर्न धनगढीस्थित कार्यालयबाट टोली खटाइएको र घटनास्थलमा पुगिसकेको जानकारी गराएका थिए।