थरुहट मोर्चाद्वारा नगरपालिका र गाउँपालिका स्तरीय समिति गठन
धनगढी, २७ माघ । थरुहट राष्ट्रिय मोर्चाले दुई स्थानीय तहमा नगरपालिका र गाउँपालिका स्तरीय समिति गठन गरेको छ ।
चुहा सुगर मिलको प्राङगममा भएको भेलाले थरुहट थारुवान राष्ट्रिय मोर्चाले लम्कीचुहा नगरपालिकामा शिवचरण चौधरीको संयोजकत्वम २५ सदस्यीय र बर्दगोरिया गाउँपालिका स्तरीय जगराम चौधरीको संयोजकत्वमा ३१ सदस्यीय समिति गठन गरेको छ ।
यहि फागुन १५ र १६ कैलालीको हसुलियामा हुने विशेष सम्मेलनलाई सफल पार्न तयारी तिब्र पारेको कैलाली जिल्ला संयोजक माधव चौधरी बताए ।













