गोली प्रहार गरि छोरीको हत्या गर्ने बुवा अझै फरार
धनगढी, २६ माघ । बैतडीको पुर्चौडी नगरपालिका–१० का धनसिह महरा गोली प्रहार गरेर आफ्नै छोरीको हत्या गरेको तेस्रो दिनसम्म पनि फरार लिस्टमा छन् । श्रीमतिको पक्ष लिएको भन्दै आफ्नै विवाहित छोरीलाई गोली प्रहार गरि हत्या गरेका हुन् । उनलाई प्रहरीले अझै नियन्त्रणमा लिन सकेको छैन ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले छोरी हत्या गर्ने बुवाको खोजी भइरहेको बताए। महराले शनिबार साँझ भरुवा बन्दुकको गोली प्रहार गरेर आफ्नी २० वर्षीया विवाहित छोरी बेलमती महराको हत्या गरेका थिए। महराले श्रीमतीसँग भएको विवादका क्रममा माइतीघरमा आएकी छोरीमाथि गोली चलाएका थिए।













