पत्रकारलाई सोमबारदेखि कोरोना विरुद्धको खोप दिइँदै

काठमाडौं, २५ माघ । सरकारले सोमबारबाट कोरोना भाइरस विरुद्धको दोस्रो चरणको खोप पत्रकारहरुलाई पनि लगाउने भएको छ ।

पहिलो चरणमा एक लाख ८४ हजार फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिएका कर्मचारी, कैदी, सरसफाइ कर्मचारी लगायत फ्रन्टलाइनरले लगाएका थिए ।

सोमबारबाट लगाउन थालिने कोरोना विरुद्धको खोप पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई दिइने भएको छ । पत्रकार, कूटनीतिक नियोग र सयुक्त राष्ट्र संघका कर्मचारी गरी १९ हजारलाई सोमबारदेखि खोप दिने तयारी भएको खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए ।