धनगढीमा बन्दकर्ता र बन्दको विरोध गर्ने दुई पक्षबीच झडपको स्थिति
धनगढी, २२ माघ । सुदूरपश्चिमको अस्थाई राजधानी धनगढीको अवस्था तनावपूर्ण बनेको छ । बन्दकर्ता र बन्दको विरोधमा उत्रिएका समूह धनगढी चौराहामा आमने–सामने भएपछि अवस्था तनावपूर्ण बनेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाका कार्यकर्ताहरु आमहड्तालको विरोध गर्दे नाराबाजीसहित चौराहमा पुगेपछि सुरक्षाकर्मीको उपस्थिति बाक्लो पारिएको छ । सोही स्थानमा प्रचण्ड–नेपाल समूहका कार्यकर्ताहरु आमहड्ताल सफल पार्न जमा भएर बसेका थिए ।
उनीहरुले एक अर्काको विरुद्धमा नाराबाजी गरिरहेको जनाइएको छ । दुई तिर बन्द गराउने र बन्द खुलाउने समूह र बीचमा सुरक्षाकर्मी रहेको बताइएको छ ।













