अभिभावकको मन जित्दै सर्वमंगला छात्राबास
कैलाली, २२ माघ । सुदूरपश्चिमको पहिलो महिला छात्राबास सर्वम∙ला अभिभावकको मन जितेर कयौं बालिकाहरुको भविष्य निर्माण गर्नमा सहयोग पुर्याएको छ ।
२०६७ सालमा १ जना विद्यार्थीबाट शुरुवाट भएको सर्वम∙ला महिला छात्राबास पछिल्लो एक वर्ष अगाडी ३२ जना विद्यार्थी पाएको छात्राबास सञ्चालक गोमा आर्चालयले जानकारी दिईन् ।
उनले सुदूरपश्चिममा महिला तथा किशोरीहरुलाई पढाईमा सहजता होस् भनि छात्राबासको अवधारणा ल्याएको बताईन् । जुनबेला सुदूरपश्चिममा महिलाहरुलाई होस्टेलमा राख्नु भनेको चरित्रमा केही रहेको बुझाई थियो ।
सञ्चालक अचार्यका अनुसार उक्त छात्राबासमा सुदूरपश्चिमका पहाडी जिल्लाका विद्यार्थीहरु रहेका छन् । ‘शुरु शुरुमा अभिभावकहरुको विश्वास जित्न निकै गाह्रो हुन्थ्यो एक वर्ष सम्म एउटा विद्यार्थी मात्रै थिएँ, सिंगो घर भाडा र दुई जना कर्मचारीलाई जसोतसो बाहिर जागिर गरेर होस्टेल चलाएँ ।’
उनले होस्टेल बसेका छात्राहरु मानसीकरुपले फ्रि हुने भएकोले पढाईमा सहज हुने बताए । ‘अभिभावकहरुले आफ्ना छोरीलाई आफन्त कहाँ राखेर पाढाउन खोज्छन् तर बच्चा त्यो परिवारमा घुलमिल हुन नसकेरपनि धेरैको पढाईमा असर परेको देखिएको छ ।’
होस्टेलमा बसेका विद्यार्थीहरु एक अर्कासंग प्रतिस्पर्धा गरेर पढिरहेका हुन्छन्, पढाई बाहेकको कुनै चिन्ता हुदैन, समयमा खाना नास्ता खाना पाउँछन् जसले गर्दा यहाँ बसेका विद्यार्थी पढाईमा सफलता हासिल गर्दछन् आर्चायले भनिन् ।
उनले होस्टेलमा बस्ने विद्यार्थीहरु सुरक्षित वातावरणसंगै समय तालिकामा बाँधिएको हुने भएकोले पछिल्लो अवस्थामा होस्टेल बस्ने विद्यार्थीहरुको संख्या बढ्दै गएको बताईन । कोरोना महामारीको कारणले पुन ५० प्रतिशत विद्यार्थी घटेको उनले सुनाईन् ।













