चिसापानीमा खेलसँगै साँस्कृतिक महोत्सवको तयारी
धनगढी, २१ माघ । कैलालीको चिसापानीमा खेलसँगै साँस्कृतिक महोत्सव हुने भएको छ । एडभेन्चर रिसोर्टले चिसापानीमा भलिबल प्रतियोगितासंगै साँस्कृतिक महोत्विको आयोजना गर्ने जनाएको छ ।
सुदूरपश्चिममा खेल पर्यटनलाई विकास गर्ने उद्देश्यले ८८ वटै स्थानीय तहलाई समेट्नेगरि चिसापानीमा ‘बिच भलिबल’ प्रतियोगिता आयोजना गरिने एडभेन्चर रिसोर्टका सञ्चालक तपेन्द्र रावलले बताए।
उनले भलिबल खेल चैत्र १० देखि चैत्र १६ गतेसम्म सञ्चालन हुने साथै महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने जनाइएको छ। सुदूरपश्चिमको कला संकृतिको प्रर्बघनको लागि महोत्सवको आयोजना गर्न लागिएको रिसोर्ट सञ्चालक कुँवरले बताए ।
प्रतियोगितामा सुदूरपश्चिमका सम्पूर्ण स्थानीय तहबाट एक÷एक वटा भलिबल टिमलाई सहभागि गराउने बताए ।
कर्णाली नदी किनारको बालुवामा हुने प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख, द्वितिय हुने टिमलाई ५० हजार र तृतीयलाई २५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।













