दासता विरुद्धको विद्रोहको तयारी तीब्र
धनगढी, २० माघ । ‘शान्ति सद्भाव न्याय र अधिकारका लागि दासता विरुद्धको थरुहट थारुवान विशेष राष्ट्रि«य सम्मेलन’ को तयारी तीब्र रहेको आयोजक समितिले जनाएको छ ।
थरुहट थारुवान राष्ट्रिय मोर्चाका जिल्ला संयोजक माधब थारुका अनुसार यहि फागुन १५ र १६ गते कैलालीमा हुन लागेका विशेष सम्मेलनको तयारीकोलागि जिम्मेवारी बाँडफाँड भईसकेको छ ।
मोर्चाले कैलालीको जोशिपुरमा बसेको बैठकबाट माघ २३ गते कोइलही तालकोप्रांगनमा मा थरुहट थारुवान युवा, महिला, बिद्यार्थी र बरघर भलमन्साको जिल्ला सम्मेलन गर्ने संयोजक थारुले बताए ।
उनले राज्यलाई सहज रुपमा दवाब गर्न अन्तर्कृया छल्फल तथा थरुहट थारुवान राष्ट्रिय मोर्चाको नगरपालिका र गाउँपालिका स्तरिय भेला गरि बताए । साथै कैलारी गापामा माघ २१ गते, गोदावरी नपामा माघ २२ गते, घोडाघोडी नपा माघ २४ गते, टिकापुर नपामा माघ २५ गते भेला गर्ने तयारी भएको छ ।
त्यस्तै जानकी गापामा माघ २५ गते, गौरीगंगा नपामा माघ २६ गते, बर्दगोरिय गापामा माघ २७ गते, लम्कीचुहा नपामा माघ २७ गते, जोशीपुर गापामा माघ २८ गते, भजनी नपामा माघ २९, धनगढी उमनपामा फागुन १ गते भेला हुने भएको छ ।













