कक्षा १२ को परीक्षाफल प्रकाशित

काठमाडौं, १९ माघ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले नतिजा प्रकाशित गरेको जानकारी दिए ।

पौडेलका अनुसार एनटीसी सिमबाट १६०० मा डायल गरेर नतिजा हेर्न सकिने छ भने अरु कुन माध्यमबाट हेर्ने भनेर हाम्रो वेबसाइटमा अपलोड गरिएको पनि जानकारी दिए ।

यस वर्ष चार लाख ३३ हजार विद्यार्थीले कक्षा १२ को परीक्षा दिएका थिए । परीक्षा गत मंसिर ९ गतेबाट सुरु भएर मंसिर १६ गते सकिएको थियो।