प्रदेश सभाको हिउँदे अधिवेशन माघ २६ गते सञ्चालन गर्ने निर्णय
धनगढी, १८ माघ । सुदूरपश्चिम प्रदेश सरकारले आउँदो माघ २६ गतेदेखि प्रदेश सभाको हिउँदे अधिवेशन सञ्चालन गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले माघ २६ गतेदेखि हिउँदे अधिवेशन सञ्चालन गर्ने निर्णय गरेको हो । अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखकको कार्यालयलाई पत्र पठाउने निर्णयसमेत मन्त्रिपरिषद् बैठकले गरेको छ ।













