‘प्रविधिको दुरुपयोगले बालविबाह बढ्यो’
टीकापुर, १३ माघ । पछिल्लो अवस्थामा बालविबाहको स्वरुप परिवर्तन भएर प्रेमविबाह तिब्ररुपले बढेको जानकी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष लक्ष्मण चौधरीले बताए ।
दलित महिला अधिकार मञ्च नेपालको आयोजनामा सरोकारवालाहरु विचको अन्तक्रिया कार्यक्रममा उनले यस्तो बताए । उनले सामाजिक सञ्जाल, मोवाईल लगायत प्रविधीको दुरुपयोगले पनि बालविबाह बढेको बताए ।
अध्यक्ष चौधरीले आफ्नो छोराछोरीहरुलाई प्रविधिमैत्री बनाउन अभिभावकले महत्वपूर्ण भुमिका निर्बाह गर्नुपर्ने बताए । उक्त संस्थाले जानकी गाउँपालिकामा कार्यक्रम लागु गरेपश्चात यहाँका किशोर किशोरीहरुलाई अनौपचारिक शिक्षासंगै, स्वाथ्य सामाग्रीहरुपनि प्रर्दान गरेर गाउँपालिको अभियानलाई नै सहयोग पुर्याएको बताए ।
यस्तै गाउँपालिकाका कार्यपालिका सदस्य सोमति चौधरीले बालविबाह न्यूनिकरणकोलागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउदै समाजमा रहेका कुरीति कुसंस्कार लगायत विभिन्न गतिविधि रोक्न अभिभावकहरुपनि सचेत हुनु जरुरी रहेको बताईन् ।
यस्तै कार्यक्रममा सहभागी वक्ताहरुले आर्थिक सामाजिक, राजनीतिक र चेतना अभावले पनि बालविबाह बढिरहेको बताए । संविधानमा थुप्रै ऐन कानून बनेपनि कार्यन्वयन फितलो भएको कारण बालविबाह बढिरहेको बताए ।
दलित महिला अधिकार मञ्च नेपालका किशोरी शसक्तिकरण परियोजनाका संयोजक अभिलाषा भण्डारीले बालविबाह, छाउपडी प्रथा लगायत विषयमा सहजीकरण गरेका थिईन् । उनले बालविबाह हुनुको कारण, सानै उमेर विबाह गरेपश्चात हुने असरबारे जानकारी दिएका थिईन् ।













