टीकापुरबाट विप्लवका ३ कार्यकर्ता पक्राउ
धनगढी, १० माघ । कैलालीको टीकापुरबाट विप्लवका नगर एरिया इन्चार्जसहित ३ कार्यकर्ता पक्राउ परेका छन् । नेकपा नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको ३ जना नेता कार्यकर्तालाई प्रहरीले शुक्रबार साझ कैलालीको टीकापुरबाट पक्राउ गरे हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले टीकापुर नगरपालिका एरिया इन्चार्ज पूर्ण खड्का, एरिया सेक्रेटरी जगत विश्वकर्मा र डम्मर बहादुर बिष्टलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिए ।
शान्ति सुरक्षामा खलल गर्न सक्ने भन्ने जानकारी पाएपछि उनीहरुलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक बिष्टले बताए ।













